नियम १४
कार्यकारी निर्देशकको योग्यता
कार्यकारी निर्देशकको पदमा नियुक्ति हुनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, चार्टर एकाउन्टेन्सी वा इन्जिनियरिङ्ग विषयहरूमध्ये कुनै एक विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त गरेको वा उल्लेखित कुनै एक विषयमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्ष अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।